पोखरामा ‘डिप्लोमा कप छात्र भलिबल प्रतियोगिता’ आयोजना हुने

पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुद विकास समिति र गण्डकी बहु–प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा ‘‘प्रथम डिप्लोमा कप’’ भलिवल प्रतियोगिता हुने भएको छ ।

मङ्सिर २१ गते पोखरा २९ भण्डारढिकमा संचालन हुने प्रतियोगिता नकआउट चरणका आधारमा खेलाइने भएको हो । कास्की जिल्लामा डिप्लोमा तह पढाइ हुने शिक्षालयहरुका बिचमा हुने पुरुष भलिवल प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहलाई नगद पुरस्कारसहित पुरस्कृत गरिने कार्यक्रम संयोजक सन्तोष शर्मा तिमिल्सिनाले जानकारी दिएका छन् ।

शिक्षालयले बार्षिक कार्यक्रमको रुपमा डिप्लोमा कप पुरुष भलिवल प्रतियोगिता संचालन गर्न लागेको कुरा बताउदै शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारीले अध्ययन संगै विधार्थीलाई खेलकुद र स्वास्थ्य जीवनयापनको अन्तर सम्बन्ध बुझाउनको लागी समेत प्रतियोगीता सहयोगी हुने बिश्वास ब्यक्त गरे ।

गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा तहका बिभिन्न कोर्षहरुको अध्यापन गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close