
पोखरा, राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलाडी तथा उनका परिवारका बारेमा जानकारी दिन भन्दै सामाजिक सञ्जाल मार्फत आग्रह गरेको छ ।
विश्वभरी कोभिड १९ को सक्रमणका कारण नेपाल समेत लकडाउन भएको ११ औं दिन परिषदका प्रशासन विभाग प्रमुख कुल बहादुर थापाले परिषद मातहातका सम्पुर्ण कर्मचारीहरु संग जानकारी माग गरेका हुन ।

उनले भनेका छन–“आ–आफ्ना मातहतमा रहेका अफिसहरु, कर्मचारीहरु, खेलाडिहरु, तथा पदाधकारीहरु र निजका परिवारको हालको अवस्था के कस्तो छ ? वुझि विवरण पेश गर्नुहुन तथा कुनै कठिनाई परेको खण्डमा सहयोग गर्नु, केन्द्रबाट केही गर्नुपरेमा त्यस्को जानकारी गराउनुहुन निर्देशन गरिन्छ ।”
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतका सम्पूर्ण विभागका विभागिय प्रमुखहरु, निर्देशक तथा उप –निर्देशकहरु, प्रशिक्षकहरु, शाखा प्रमुखहरु, सम्पुर्ण प्रदेश तथा क्षेत्रीय खेलकुद विकास समितिका प्रमुखहरु तथा संम्पुर्ण जिल्ला खेलकुद विकास समितिका प्रमुखहरु एवं सम्पुर्ण कर्मचारीहरु र खेलाडीहरुलाई सम्वोधन गरिएको गर्दै विभिन्न संघका पदाधिकारीहरुलाई समेत आ–आफ्ना मातहतका खेलाडीहरुको जानकारी लिन अनुरोध गरिएको छ ।
लकडाउनको समयमा अत्यन्तै धैर्य, संंयमित भई सम्भव भए सम्मका काम कार्यहरु गर्न र परिषद अन्तर्गत वन्ने आइसोलेसन कक्षहरुमा पुर्णरुपले सहयोग गर्नुहुन समेत थापाले आग्रह गरेका छन । स्मरणिय के छ भने लकडाउनका कारण परिषद अन्तरगतका सम्पुर्ण कार्यालयहरु यति बेला ठप्प रहेका छन भने कर्मचारी, खेलाडी र प्रशिक्षक समेत घरमानै बस्न बाध्य छन । परिषदको यो निर्णयले समस्यामा रहेका खेलाडीलाई भने ठुलो राहत प्रदान गर्ने विश्वास गर्न सकिन्छ ।
