गण्डकी प्रदेश भलिबल संघको सल्लाहकारमा मनोज केसीको मनोनयन

पोखरामा पुष १८ गतेबाट गण्डकी प्रदेश स्तरिय भलिबल हुने

पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघको सल्लाहकारमा मनोज केसी मनोनयन भएका छन् । प्रदेश भलिबल संघको मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले उनलाई सल्लाहकारमा मनोनयन गरेको हो ।

बागलुङ जिल्ला गल्कोट नगरपालिका ७ का केसी हाल जापानलाई कर्मथलो बनाएका छन् । भलिबलका पूर्व खेलाडी समेत रहेका उनी विभिन्न सामाजिक संस्थामा आवद्ध रहेको गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले पोखरा स्पोर्टलाई जानकारी दिए । केसी हाल गल्कोट समाज जापानका यूवा संयोजक समेत रहेका छन् । त्यस्तै उनी एनआरएनए नागोयाका सललाहकार तथा घुम्टे युवा परिवारका खेल संयोजक समेत हुन् ।

कार्य सम्पादन समितिको बैठकले केसीलाई मनोनयन गरे संगै अध्यक्ष गुरुङले खुसी व्यक्त गरेका छन् । “हामीले मनोजजी जस्तो भलिबल र सामजिक क्षेत्रमा कृयाशिल व्यक्तित्व सल्लाहकारको रुपमा पाएका छौं । उहाँले प्रदेश भलिबल विकासका लागि महत्वपूर्ण सुझाव संगै योगदान दिने हामीले विश्वास लिएका छौं”:–अध्यक्ष गुरुङले भने ।

गण्डकी प्रदेश भलिबल संघका कार्यबाहक अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्य सम्पादन समितिको बैठकले आगामी पुष १८ गते देखि २३ गते सम्म पोखरामा ‘प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता २०७९’ आयोजना गर्ने महासचिव टहल सिंह थापा मगरले जानकारी दिएका छन् । उक्त प्रतियोगिता सफल बनाउन उपाध्यक्ष रमेश रानालाई संयोजकमा मनोनयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close