
पोखरा स्पोर्टस । काठमाण्डौमा जारी एक दिवशिय प्रधानमन्त्री कप पुरुष क्रिकेटमा गण्डकी शसस्त्र प्रहरी बल र एपिएफ क्लव विचको खेल बराबरीमा टुङ्गिएको छ ।
मुलपानी क्रिकेट खेल मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको एपिएफले ३५.१ ओभरमा ११५ रन बनाएको थियो । यता ११६ रनको लक्ष्य पछ्याएको गण्डकी ३१ ओभरमा ११५ रनमा नै समेटिए पछि खेल बराबरीमा टुङ्गिएको हो । दुवै टिमले समान १/१ बाँडेका छन् ।
एपिएफलाई सस्तैमा रोक्न अमृत गुरुङ र अर्जुन कुमालले समान ३/३ विकेट लिएका थिए भने सुभाष भण्डारी २ र विपिन खत्रीले १ विकेट लिए । एपिएफका लागि अभिषृक भुवन कार्कीले २४, पुरन विक २३, लोकश वम र सुमित महर्जनले समान २२/२२ र अमर रौतेलाले १३ रनको योगदान दिएका थिए ।
मौसमका कारण ४३/४३ ओभरमा झारिएको खेलमा गण्डकीले सबै विकेट ११५ रनमा नै गुमाएको थियो । खेलमा समिर कडेंल ३, अर्जुन कुमाल ३८, अभिषेक बस्नेत २४, किरण पगेंनी ४, अमृत गुरुङ ९, सुभाष भण्डारी ६, विपिन खत्री १७, कमल परियारले ११ रनको योगदान दिए । एपिएफका लागि किशोर महतो र मौसम ढकालले समान ४/४ विकेट हात पार्दा भुवन खत्रीले २ विकेट हात पारेका थिए ।
खेलमा एपिएफका मौसम ढकाल म्यान अफदि म्याच भए ।
प्रतियोगितामा दुवै टिमको समान ५/५ अङ्क भए पनि रन रेटका आधारमा एपिएफ अघि रहेको छ भने गण्डकी दोस्रो स्थानमा छ ।
यस्तै आज नै भएको एक खेलमा नेपाल आर्मीले सुदुर पश्चिमलाई १६९ रनको विशाल स्कोरले पराजित गरेको छ ।
