
पोखरा स्पोर्टस । काठमाण्डौमा जारी एक दिवशिय प्रधानमन्त्री कप पुरुष क्रिकेटमा गण्डकीले शसस्त्र प्रहरी बलको एपिएफ क्लवलाई ११५ रनमा रोकेको छ ।
टस हारेर व्याटिङको निम्तो पाएको एपिएफले ३५.१ ओभरमा ११५ रन बनाउँदै धराशायी भएको हो । एपिएफलाई सस्तैमा रोक्न अमृत गुरुङ र अर्जुन कुमालले समान ३/३ विकेट लिएका थिए भने सुभाष भण्डारी २ र विपिन खत्रीले १ विकेट लिए ।
यो समाचार तयार पार्दा सम्म गण्डकी २ विकेटको क्षतीमा २१ रन बनाएको छ ।

