इन्टरभ्याली ह्विलचेयर बास्केटबल सुरु : आर्मीको विजयी सुरुवात

पोखरा स्पोर्टस । नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा आजबाट त्रिपुरेश्वरस्थित कभर्डहलमा इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ मा सुरु भएको छ ।

गोकर्णेश्वर नगरपालिका र चाँगुनारायण नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको संघिय साँसद सन्तोष चालिसेले एक कार्यक्रमविच उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै साँसद चालिसेले फरक क्षमता रहेका खेलाडीहरुको पारा खेललाई प्राथमिकतामा राखेर आफुले आवाज उठाउने बताए ।

दुई दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन, स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाल, त्रिभुवन आर्मी क्लब, बुद्धिसरा इन एक्सन र जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लब गरि ५ टिम रहेका छन् । यस्तै महिला तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन, बुद्धिसरा इन एक्सन, ओमेन ह्विलचियर बास्केटबल एशोसियसन र ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल गरि ४ टिम रहेका छन् ।

आज भएको खेलमा पुरुष तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । टिएसीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई २६–२१ अंकको अन्तरले पराजित गर्‍यो । यस्तै पुरुष तर्फको अर्को खेलमा आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १६–१३ अंकले पराजित गर्‍यो । अर्को खेलमा बुद्धिसरा इन एक्सनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १७–१२ ले पराजित गर्‍यो ।

महिला तर्फको खेलमा आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन ओमेन ह्विलचियर बास्केटबल एशोसियसन संग १०–१६ ले पराजित भयो । यस्तै अर्को खेलमा ह्विलचियर स्पोर्टस् एशोसियसन नेपालले बुद्धिसरा इन एक्सनलाई ६–२ अंकले पराजित गर्‍यो ।

 पुरुष तर्फको ५ टिमलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराईएको छ । उपाधीका लागि चार टिमविच सेमिफाईनल र फाईनल खेल खेलाईनेछ । यस्तै महिला तर्फ राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गरिने र उत्कृष्ट दुई टिमविच उपाधीका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।

उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव शान्ति बहादुर बस्नेत, नेपाल बास्केटबल संघका अध्यक्ष भिम गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close