एमाले गण्डकीको प्रतिवद्धता : पशुपतिघाटको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला देखि सहासिक खेलकुद गन्तव्य निर्माण

पोखरा स्पोर्टस । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिकिंदैं जाँदा निर्वाचनमा होमिएका दलहरुले आ–आफ्नो घोषणापत्र र प्रतिवद्धता पत्र जारी गर्ने क्रम बढ्दै गएको छ ।

यसै क्रममा आइतबार नेकपा एमाले गण्डकी प्रदेश कमिटिले एक पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवद्धता पत्र जारी गरेको छ । एमालेले पोखरा महानगर वडा नं ३३ स्थित पशुपतीघाटको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने संगै प्रदेशलाई सहासिक खेलकुदको गन्तव्य बनाउने प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ । एमाले नेतृत्वको पृथ्वीसुव्वा गुरुङको सरकारले उक्त क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाउन तिन वर्ष अघि डिपिआर समेत तयार गरेको थियो । १ अर्व ६५ करोड लागतमा निर्माण हुने भनिएको उक्त रंगशाला पछिल्लो सरकारले निर्माणका लागि कुनै चासो नदिए पछि निर्माण प्रक्रिया ठप्प रहेको छ ।

एमालेले जारी गरेको प्रतिवद्धता पत्रमा भनिएको छ–“पोखरा महानगर पालिका वडा नं ३३ पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको निर्माण कार्यको प्रक्रिया प्रारम्भ गर्नेछौं ।” यस संगै प्रतिवद्धता पत्रमा एक स्थानिय तह एक खेल मैदानको निति अनुरुप ५६ गाउँपालिकामा खेल मैदान र प्रदेशका २० विभिन्न नगरपालिकामा रंगशाला निर्माण गर्ने प्रतिवद्धता समेत जनाइएको छ ।

त्यसै गरी एमालेले आफ्नो प्रतिवद्धता पत्रमा सहाशिक र पर्यटकिय खेलकुदलाई समेत समेटेको छ । विशेष गरी हिमाली र पहाडी क्षेत्रमा सहाशिक खेलकुदको गन्तव्यको रुपमा अघि बढाउने गरी निर्माण गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । प्रतिवद्धता पत्रमा तनहुँ विमलनगरको चुन भिरलाई रक क्लाइम्विङ ट्रेनिङ सेन्टर, पर्वतको कुश्मालाई सहाशिक पर्यटन, माथिल्लो मुस्ताङलाई उच्च हिमाली गल्फ कोर्ष र घोडचढी रंगशाला, मनाङमा फुटबल रंगशाला र स्की खेलको गन्तव्य, ढोरपाटनलाई साहसिक खेल केन्द्रको रुपमा विकास गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिबद्धता निर्माण कमिटीका संयोजक एवं एमाले गण्डकी सचिव धनञ्जय दवाडीले हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले प्राप्त गरेको सफलताका लागि पार्टीले उच्च मुल्याङ्कन गरेको बताए । उनले भने–“विगतमा एमाले नेतृत्व सरकारले अघि बढाएको योजनालाई निरन्तरता दिंदै खेलकुद विकासका लागि प्रतिवद्ध छौं ।”

कार्यक्रममा पूर्व यूवा तथा खेलकुद मन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पार्टी प्रदेश सह इञ्चार्ज जगत विश्वकर्माले समेत प्रतिवद्धता पत्रमा उल्लेख गरिएका विषयहरु जनताको विकास र प्रदेशको समृद्धिका लागि जोडिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close