आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पुरा

पोखरा, ७ फागुन ।
यहि फागुन ९ देखि १८ गते सम्म संचालन हुने १७ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक सहारा क्लबले जनाएको छ ।

प्रतियोगितामा ए डिभिजनका क्लबहरु, विभागीय टिम, विदेशी टिम र आयोजक गरि १० टिमको सहभागिता रहने सहारा क्लबले जनाएको छ । प्रतियोगितामा मनाङ्ग मस्र्याङ्गदी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल ए. पि. एफ. क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, सुनसरी, युनाईटेड सिक्किम फुटबल क्लब, भारत, थ्रिस्टार क्लब, डफिन्स फेमिलि टिम फुटबल क्लब, क्यामरुन, हिमालयन शेर्पा क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिष्पर्धा गर्नेछन ।

“खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ संञ्चालन हुने १७ औं संस्करणमा प्रथम र दोश्रो पुरस्कारको धनराशी वृद्धि गरि क्रमशः रु. ८ लाख १ हजार र रु. ४ लाख १ हजार रुपैयाँ प्रदान गरिने भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबले जनाएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर डी लाईफ स्टाईल्स प्रा.लि. काठमाण्डौंबाट प्रदान गरिनेछ । वेष्ट अफ फाईफ विधा तर्फको पुरस्कार सल्लाहकार संस्था पृथ्वी राजमार्ग बस सञ्चालक समितिबाट प्रायोजन गरेको छ । जसमा प्रत्येकलाई जनही नगद १५ हजार ट्रफि र प्रमाण–पत्र प्रदान गरिनेछ । यसै गरि सनराईज ड्राईभिङ्ग स्कुल प्रा.लि. बाट सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद पुरस्कारको प्रायोजन गरिएकोछ । जसलाई नगद रु. २५ हजार ट्रफि र प्रमाण–पत्र प्रदान गरिनेछ ।

अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकहरु मध्ये एक जना दर्शकलाई सि. जि. ईलेक्ट्रोनिक प्रा. ली.बाट एक थान एल. जि.टि.भी. साथै बाबा फाउण्डेशनबाट स्वच्छ हराभरा, पोखरा अभियानका साथ प्रत्येक दिन १–१ थान ५ हजार बराबरको डष्ट विन प्रदान गरिने क्लबले जनाएको छ ।

राष्ट्रिय स्तरका खेलाडीहरु मध्येबाट सम्मानित गर्ने निर्णय भए अनुसार २०७४ साल भरिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी १ जनालाई “सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५” बाट एक जना खेलाडीलाई क्लबले सम्मान गर्नेछ ।

उक्त प्रतियोगिता बाट बचत रकमले सहारा कलब पोखरा द्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्नवर्गका बालकहरु सम्मेलित सहारा फुटबल एकेडेमीमा सदुपयोग गरिने क्लबका अध्यक्ष केशब बहादुर थापाले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close