
पोखरा स्पोर्टस । खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल संस्था बगर भाई खलक युकेका अध्यक्ष दिलरास गुरुङ सम्मानित भएका छन् ।
बेलायतमा ठूलो र कृयाशिल संस्था तमु धिं युकेद्वारा हरेक वर्ष प्रदान गरिने तमु धिं आदर्श अवार्ड २०२२ बाट सम्मानित भएका हुन् । तमु धिं युकेले शनिबार युकेमा आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा गुरुङको लामो खेलकुद सामाजिक क्षेत्रमा पुर्याएको योगदानका लागि संस्थाले सम्मान गरेको जनाएको छ ।
विदेशमा रहेर लामो समय देखि व्यवसाय संगै खेलकुद र सामजिक क्षेत्रमा कृयाशिल गुरुङ कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक निवासी हुन् । उनी सहारा युकेका सल्लाहकार समेत् हुन् भने विभिन्न संघ संस्थामा कृयाशिल छन् ।
तमु धि आदर्श अवार्ड २०२२ बाट पाँच जना सम्मानित भएका छन् । तमु धि आदर्श सम्मानबाट सम्मानित हुनेमा सहारा युकेका पूर्व सल्लाहकार तथा आजिवन सदस्य कृष्ण गुरुङ, सहारा युकेकी फष्ट् लेडी तथा सल्लाहकार पन्च गुरुङ, सहारा युकेका, कार्यकारी सदस्य एवम फोटो पत्रकार मिलन गुरुङ, सहारा एफसीका सिइओ क्या. पिताम्वर गुरुङ रहेका छन् ।
