दुआथलनमा पुरुषतर्फ प्रहरी र महिला तर्फ आर्मीलाई स्वर्ण

पोखरा स्पोर्टस । पोखरामा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दुआथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ ।

५ कि मि दौड, २० कि मि साईक्लिङ र २.५ किमि दौड नेपाल प्रहरिका किरण लिम्वुले १ घण्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पद जितेका हुन । त्यसैगरि निर्धारित दुरि १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी ईन्द्रकला नेम्वाङले स्वर्ण पदक हात पारिन ।

पुरुष तर्फ नेपाल आर्मीका मन बहादुर थापा मगरले निर्धारित दुरि १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मिकै प्रेमसिंह मन्यालले निर्धारित दुरि १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै काश्य पदक जित्न सफल भए ।

महिलातर्फ शसस्त्र प्रहरिको एपिएफका अनिता राईले निर्धारित दुरि १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत पदक हात पारिनभने आर्मीकी हेमा चौधरिले निर्धारित दुरि १ घण्टा २८ मिनेट ४३ सेकेन्डमा पार गर्दै काश्यपदक जित्न सफल भईन । दुवाथलनमा आर्मी टीम च्याम्पियन बन्न पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close