पोखरामा सुरु भयो ‘पुन हिल कप भलिबल प्रतियोगिता’

पोखरा स्पोर्टस । पुन समाज नेपालको आयोजनामा सोमबारदेखि प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता सुरु भएको छ ।

पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ । उक्त प्रतियोगिताको एक कार्यक्रमका बिच प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले गरे ।

सो अवसरमा उनले परिषदले खेलककुद विकासको लागि आवश्क सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गर्दै प्रतियोगितासहित सास्कृतिक कार्यक्रमको आयोजनाले पुख्र्यौली कला र संस्कृतिको संगम थलो बनाएकोमा उनले खुसि व्यक्त गरे । ‘यस्ता प्रतियोगितालाई निरन्तरता दिनुहोला । हामी परिषदबाट हुने सहयोग गर्छाैं ।’ उनले भने । गण्डकी खेलकुदको उर्बर क्षेत्र भएको बताउदै उनले जहाँ जस्तो खेलको विकासको सम्भावना छ त्यहाँ त्यसैको विकासमा लाग्नुपर्नेमा जोड दिए । नेपालमा भलिबल खेलको विकास तिब्र रुपमा भईरहेको बताउँदै गाउँ वा शहरमा हुने प्रतियोगिताहरुले यसको पुष्टि समेत गरेको सुनाए ।

कार्यक्रममा संस्कृतिकर्मी तुलसी प्रभासले नेपाली मौलिक कला, संस्कृतिले भरिपूर्ण भएको बताउँदै यीनको संरक्षणको दायित्व हाम्रै काँधमा आएको बताए । उनले समाजमा एकताबद्ध भई आफ्नो मौलिक पहिचानको लडाँईमा निरन्तर लागिरहनु पर्नेमा जोड दिए ।

उद्घाटन सत्रमा अर्चलबोट आमा समूह, चेतनशिल आमा समूह ढुंगेपाटन लगायतका समूहले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा पुख्र्यौली नृत्य पनि देखाईएको थियो । पुन समाज नेपालमा अध्यक्ष भिमबहादुुर फगामीको अध्यतामा भएको कार्यक्रम महासचिव खिमनशेर पुर्जा पुनले गरेका थिए ।

प्रौढ तर्फको खेल सुरु
यसैबीच, प्रतियोगितामा प्रौढ तर्फका खेल शुरु भएको समाजका सदस्य प्रेम पुनले जानकारी दिए । उद्घाटन खेल पुन समाज नेपाल तथा ढुंगेपाटनबीच भएको थियो ।

प्रतियोगितामा प्रथम हुने पुरुष टीमले १ लाख ११ हजार १११ रुपैयाँ, मेडल, ट्रफि र प्रमाण पत्र पाउने छ । उपविजेता हुने टीमले रुपैयाँ ५५ हजार ५५५, मेडल, ट्रफि र प्रमाण पत्र पाउनेछ ।

महिलातर्फ प्रथम हुने टीमले ६६ हजार ६६६, मेडल, ट्रफि र प्रमाण पत्र तथा उपविजेताले रुपैयाँ ३३ हजार ३३३, मेडल, ट्रफि र प्रमाण पत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए ।

प्रतियोगितामा ४० वर्ष माथि उमेरका प्रौढको विजेताले ३३ हजार ३३३, मेडल, ट्रफि र प्रमाण पत्र तथा उपविजेताले २० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ ।

नयाँ प्रतिभावान खेलाडीहरुको हौसलाका लागि समाजले प्रदेश तथा राष्ट्रिय टीममा रहेर खेलेका खेलाडीहरुलाई समावेस गराएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close