
पोखरा स्पोर्टस/तस्विरः मौसम गुरुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधवार सफ्ट टेनिसतर्फ मिक्स् डबल्स फाइनल खेल सम्पन्न भएको छ ।
पोखरा रंगशाला स्थित टेनिस कोर्टमा भएको उक्त प्रतियोगिता अन्र्तगत प्रदेश नं. १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा वाग्मती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो ।प्रतियोगितामा वाग्मतीले रजत मा चित्त बुझाउनु पर्यो ।
त्यस्तै नेपाल पुलिसका कमल भण्डारी र विष्णा भण्डारी साथै एपिएफका हरकसिंह धामी र भगवती विकले कास्य पदक प्राप्त गरे ।
यसअघि मंगलवार सफ्ट टेनिस डबल्स तर्फको दुई स्वर्ण विभागिय टोली नेपाल प्रहरी र एपिएफले बाँडेका थिए । पुरुषतर्फ नेपाल पुलिसका नरबहादुर लुङगेली र कमल भण्डारीको जोडीले र महिलातर्फ एपिएफका भगवती बि.क.र समृद्धि महर्जनको जोडीले स्वर्ण दिलाएका थिए ।
प्रतियोगिता अन्तर्गत यसअघि महिला पुरुष सिंगल्स तर्फका खेलहरु पनि सम्पन्न भइसकेका छन् भने टिम इभेन्ट पुरुषका खेलहरु आजबाटै सुरु हुने प्रमुख प्रशिक्षक दिषयन्त थापाले जानकारी दिए ।
