मार्शल आर्टस हाप्किडो कास्कीको अध्यक्षमा रबिन गुरुङ सर्वसम्मत

पोखरा स्पोर्टस । मार्शल आर्टस हाप्किडो कास्कीको अध्यक्षमा रबिन गुरुङ सर्वसम्मत चयन भएका छन ।


हाप्किोडो कास्कीको सम्पन्न प्रथम अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शितल अधिकारी, महिला उपाध्यक्षमा कृती गिरी, सचिवमा दयाराज भण्डारी र कोषाध्यक्षमा पवी गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितीका संयोजक तथा हाप्किडो गण्डकीका संयोजक एम वी आस्थाले जनाएक छन ।

यसै गरी संघको कार्यसमिती सदस्यमा सुजन गुरुङ, सिता गौचन, ममता गौचन, सोनी राना मगर, होम बहादुर खडका, अजयराज भण्डारी, निसमाया गर्वुजा र गौतम सुनार समेत निर्विरोध निर्वाचित भएका छन ।

यस अघि हाप्किडो कास्कीको प्रथम अधिवेशन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले एक समारोहका विच उद्घाटन गरेका थिए । मन्त्री गुरुङले नवनिर्वाचित पदाधिकारी र कार्यसमितीका सदस्यहरुलाई प्रमाणपत्र वितरण समेत गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै मार्शल आर्टस संघ हाप्किडोका केन्द्रिय अध्यक्ष तथा साउथ एशियन हाप्किडो फेडेरेशनका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्किडोले शिक्षामा जोड्दै व्यवसायीमुखी खेलाडी उत्पादनमा वढी जोड दिएको बताए । उनले भने–“हामी पदक प्राप्त गर्ने खेलाडी मात्रै उत्पादन गर्दैनौ संस्कारयूक्त खेलाडी उत्पादनमा ध्यान दिएका छौं ।”

हाप्किडोले सन २०२२ सम्ममा एक लाख खेलाडी उत्पादन गरी वर्ल्ड हाप्किडो च्याम्पियनशिप नेपालमा आयोजना गर्ने योजना रहेको बताउँदै अध्यक्ष मगरले नेपालका सातै प्रदेश र ६० जिल्लामा हाप्किडो खेलको विकास तिव्र रुपमा अघि बढेको बताए ।

सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेश हाप्किडो खेलले खेलाडीको उज्ववल भविष्य संर्गै खेल संस्कृतीको विकास गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले खेलकुदको विकासमा धेरै चुनौती रहेको उल्लेख गर्दै प्रदेशमा खेलकुद विकासका लागि धेरै कार्यक्रमका साथ अघि बढेको उल्लेख गरे । प्रदेशका ९ सय सरकारी विद्यालयमा खेलकुदका कार्यक्रमहरु अघि बढाउने बताउँदै उनले खेलकुद विकासका लागि प्राज्ञिक व्यक्तित्वलाई समेत जोड्दै खेलकुद सवैको नैसर्गिक अधिकारका रुपमा अघि बढाउन प्रतिवद्ध रहेको बताए ।

सो अवसरमा गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रीका स्वकिय सचिव तथा प्रवक्ता रोनित गुरुङले समेत आफ्ना धारणा राखेका थिए । कार्यक्रममा हाप्किडोका केन्द्रिय सल्लाहार गोविन्द नेपालीको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा हाप्किडो कास्कीले यूवा तथा खेलकुद मन्त्री गुरुङ सहित प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, परिषदका सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिंदै सम्मान गरेको थियो । कार्यक्रममा हाप्किडो खेलाडीले पदर्शनी खेल समेत देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close