आर्चरी : स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदानमा भएको प्रतिस्पर्धामा स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ ।

गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, राजु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त गर्‍यो ।

महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पारेको छ । सेनाका शारदा बि.क, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।

स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो ।

सेनाका प्रदिप सुनुवार र शारदा विकको जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close