पुरुष फुटबल: सेमीफाइनलमा आर्मी संग गण्डकी १–० ले स्तव्ध

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष फुटबलमा विभागिय टोली त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० गोलले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो । पहिलो हाफ बराबरीमा रोकिएको खेलको ५८ औं मिनेटमा सुदिलले गोल गर्दै अग्रता दिलाए । उनी २४ औं मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए । गण्डकीलाई खेलको शुरुवाती देखि दबाबमा राखेको आर्मीले पटक पटक पाएको अवसरलाई उचित सदुपयोग गर्न नसक्दा १–० गोल मै चित्त बुझाउन बाध्य भएको हो ।

आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ गोलले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो ।

यस्तै मंगलबार नै समूह ‘डी’ विजेता सुदुरपश्चिम र समूह ‘बी’ विजेता एपिएफबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close