बक्सिङका सनिल र मिनु ओलम्पिकमा जाने

पोखरा, जोर्डनको अमानमा भएको एशिया÷ओसियाना टोकियो ओलम्पिक– २०२० बक्सिङ छनोटमा सहभागी भइ नेपाली बक्सिङ टोली सोमबार राती स्वदेश फर्किएको छ ।

मार्च ३ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मिनु गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।

छनौट खेलमा सनिलले १ बाउट जिते । उनले किर्गिस्तानका उन्मोनोभ बखोदुरलाई पराजित गरेका थिए । नेपाली बक्सिङको इतिहासमा कुनैपनि खेलाडीले ओलम्पिक छनोटमा हासिल गरेको यो नै पहिलो जित भएको नेपाल बक्सिङ संघले जनाएको छ ।

मिनुलाई भने कोरियाली खेलाडी इम अईजीले पहिलो चरणमै हराइन् । प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगर र अलिशेर राखिमोभ रहेका छन् । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close