महिला लङजम्पमा जयरानीको कीर्तिमान

पोखरा स्पोर्टस । एथलेटिक्स महिला लङजम्पमा आर्मीकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

उनले पोखरा रंगशालामा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।

उक्त इभेन्टमा यसअघि गत असारमा निशा चौधरीले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले २०१८ मा राखेको ५४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन् ।

लुम्बिनीकी निशा चौधरीले ५.४९ मिटर जम्प गर्दै रजत तथा एपीएफकी शिला चौधरीले ५.३१ मिटर जम्प गर्दै काँस्य जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close