थ्री बाइ थ्री महिला बास्केटबल : आर्मी फाइनलमा

पोखरा स्पोर्टस । तनहुँमा जारी थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगिताबाट त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको निर्धारित समयसम्म गण्डकी र आर्मीले ६÷६ अंकको बराबरी भएको थियो । थपिएको अतिरिक्त समयमा आर्मीका लागि सिवाङ्गी लिम्बू र जेनिसा श्रेष्ठ स्कोर गदै टोलीलाई ८–६ को अग्रता दिलाएका थिए ।

आर्मी लिग चरणमा दुवै खेल जितेर सेमीफाइनलको यात्रा तय गरेको थियो भने गण्डकी १ जित र १ हार संगै लिग चरणबाट सेमिफाइनलमा पुगेको थियो । अर्को सेमिफाईनलमा एपीएफ र बागमती प्रदेश बीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close