दोश्रो राष्ट्रिय टाइगर कप भलिबल प्रतियोगितामा आठ लाख बचत

‘सामाजिक क्षेत्र, खेलकुद बिकास र बाघ संरक्षण अभियानमा खर्च गर्छौं’– अध्यक्ष शर्मा

पोखरा स्पोर्टस । ‘’दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला/पुरुष भलिबल प्रतियोगिता २०७८’ मा करिव आठ लाख रुपैयाँ बचत भएकोे आयोजकले  जनाएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालले पोखरामा गत पुष २६ देखि माघ १ गते सम्म सञ्चालन गरेको उक्त प्रतियोगिताको आज आयोजित एक पत्रकार सम्मेलनमार्फत आय–व्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा आम्दानीतर्फ नगद रु ७९ लाख ४६ हजार ९ सय १० रुपैयाँ र खर्चतर्फ ७१ लाख ५१ हजार ६ सय ३६ रुपैयाँ तथा बचत तर्फ नगद रु सात लाख ९५ हजार २ सय ७४ रुपैयाँ भएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।

प्रतियोगितामा मुख्य प्रायोजनबाट १३ लाख, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशबाट ६ लाख, टिकट प्रवेश शुल्कबाट १५ लाख ८३ हजार ८ सय, स्वदेश तथा विदेश, अन्य संघ संस्था तथा सहयोगी दाताहरु बाट ४४ लाख ६३ हजार १ सय १० रुपैयाँ संकलन भएको अध्यक्ष शर्माले जानकारी दिए ।

बचत भएको रकम सामाजिक क्षेत्र, खेलकुद एवम बाघ संरक्षण अभियानमा सहयोग गर्ने भएको अध्यक्ष शर्माले प्रतिवद्धता गरेका छन् । उनले भने–“यति बेला नेपाल सरकार समेत लोपन्मुख रहेको जनावर बाघ संरक्षण गर्न सुरुवात गरेको छ । हाम्रो संस्थाको नाम समेत बाघ संग जोडिएकोले उक्त अभियानमा जोडिनेछौं ।” यसै गरी संस्थाले स्वास्थ्य उपचार गरिरहेका भलिबलकी राष्ट्रिय खेलाडी सरस्वती चौधरी र अमृत केसीलाई जनही नगद १०/१० हजार सहयोग गरेको छ भने महिला भलिबलकी राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीलाई समेत नगद सहयोग गरेको छ ।

संस्थाले सोही अवसरमा आफ्नो टिमबाट दोश्रो टाइगरकप भलिवल प्रतियोगितामा सहभागी जनाएका महिला तथा पुरुष खेलाडीहरुलाई जनही नगद ५ हजारका दरले १४ जनालाई ७० हजार भत्ता समेत उपलव्ध गराएको छ ।

प्रतियोगीतालाई सफल बनाउन महिला तथा पुरुष टिमहरु, राजनितिककर्मी, मुख्य प्रवद्र्धक, सहप्रायोजक, विज्ञापन दाता, सरकारी निकाय, शुरक्षाकर्मी, स्थानिय तह, दर्शकहरु, स्वयंसेवकहरु, सेन्ट्रल एशियन भलिबल एशोसियसनका अध्यक्ष मोहमद लतिफलगायतलाई संस्थाले आभार व्यक्त गरेको संस्थाका महासचिव प्रकाश बरालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close