मोआथाई विश्व च्याम्पियनसीपमा तिन नेपाली खेलाडीले राखे रेकर्ड

पोखरा स्पोर्टस । डब्लुबीसी मोआथाईको विश्व च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले विश्वरेकर्ड राख्न सफल भएका छन् ।

मोआथाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिएका नेपाली गेन्जी राई, दिग्विजय राठौर र लालबहादुर तामाङ्गले रेकर्ड राख्न सफल भएका हुन् ।

थाइल्याण्डमा आयोजना भएको च्याम्पियनसिपमा नेपालका राई (३१ केजी), तामाङ (५३ केजी), र राठोरले (६३ केजी) तौलमा प्रतिस्पर्धा गरेका थिए । उनीहरु तीनै जनाले रजत पदक प्राप्त गर्न सफल भएको सचिव दिपक तामाङले बताए ।

थाईल्याण्डमा फेब्रुअरी २ देखि ६ सम्म भएको च्याम्पियनसिप प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजरका रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडिहरु सँगै थाईल्याण्ड पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close