
पोखरा स्पोर्टस । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आईतबार पुरुष हक्की प्रतियोगिताका दुई खेल सम्पन्न भएका छन् ।
हेम्जाको गौरीशंकर खेल मैदानमा सम्पन्न पहिलो खेलमा नेपाल आर्मी फराकिलो गोल अन्तरले विजयी भएको छ । आर्मीले मधेश प्रदेशलाई ७–१ गोल अन्तरले पराजय गरेको हो । खेलको पहिलो हाल्फमा रोमन रानाले गोल गर्दै आर्मीका लागि विजयको खाता खोलेका थिए भने ७ औ मिनेटमा राजेन्द्र कार्कीले गोल गर्दै अंकलाई दोब्बर बनाएका थिए ।
त्यसैगरि खेलको ३२ औ मिनेटमा प्रदिप राजवंशीले गोल गरेका थिए भने ३८ औ मिनेटमा देवसिंह धामीले एक गोल गरे । खेलको ४९ औ मिनेटमा दिपेन्द्र ऐरले गोल गरेका थिए भने ५२ औ मिनेटमा पुनःरानाले गोल हान्न सफल भएका थिए । खेलको अन्तिम हाल्फमा ऐरले पनि पुनः गोल गर्दै टिमलाई ७–१ मा पुर्याएका थिए ।
यता मधेश प्रदेशका अमित कुमार श्रीवास्तवले खेलको तेस्रो हाल्फको ४७ औ मिनेटमा गोल गर्दै खाता खुलाउन सफल भएपनि अन्य खेलाडीहरुले गोल गर्न नसकेपछि पराजय भोग्न बाध्य भयो ।
त्यसै गरि दोस्रो खेलमा नेपाल पुलिस बागमती प्रदेश माथी विजयी भएको छ । बागमती प्रदेश नेपाल पुलिससंग ४–१ गोल अन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाल्फमै शशि दर्लामीले गोल गर्दै नेपाल पुलिसलाई विजयी सुरुवात गरेका थिए । खेलको पहिलो हाल्फको ८ औ मिनेटमा बागमतीका सुमन अछामीले एक गोल फर्काउदै टिमलाई बराबरीमा पुर्याएका थिए ।
तर दोस्रो हाल्फको २४ औ मिनेटमा केशवराज जोशीले गोल गर्दै अंकलाई दोब्बर बनाएपछि टिमलाई पुनः अग्रता मिल्यो । त्यसैगरि खेलको ५५ औ मिनेटमा महेश दर्लामीले गोल गरेका थिए भने खेलको अन्तिम हाल्फ ५९ औ मिनेटमा श्रवन कुमारले गोल गरे ।
लिग चरणको खेल अन्तर्गत २ खेल खेलेको नेपाल आर्मी दुवैमा जित निकाल्दै अंक तालिकाको शिर्ष स्थानमा छ भने प्रदेश १ ले ३ खेलमा ६ अंक प्राप्त गरेको छ । समुह ‘बि’बाट नेपाल पुलिसले पनि २ खेलको जितसंगै ६ अंक प्राप्त गरेको छ । ३ खेलमा प्रदेश १ ले पनि ६ अंक नै प्राप्त भएको छ ।
गण्डकी प्रदेश ३ खेलमा ४ अंक प्राप्त गरेको छ भने बागमती प्रदेश पनि २ खेलसंगै ३ अंकमा छ । २ खेलमा कर्णाली प्रदेशले पनि ३ अंक प्राप्त गरेको छ ।
उता समुह ‘ए’मा रहेको सुदुरपश्चिम २ खेलमा १ अंक सहित अंक तालिकाको पुच्छरमा रहेको छ । २÷२ खेलमा हार व्यहोरेको लुम्विनीे र मधेश प्रदेश भने अंक विहिन बनेका छन् ।
