तमुधिंं यूकेका उपाध्यक्ष कमल गुरुङ कास्की फुटबलको ‘ब्रान्ड एम्बास्डर’

पोखरा स्पोर्टस । बगरभाइ खलक यूकेका उपाध्यक्ष एवं तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङ बेलायतकालागि कास्की जिल्ला फुटबल संघको ब्रान्ड एम्बास्डरमा मनोनीत भएका छन् ।

गत आइतबार जून ४ तारिख अल्डरसटस्थित एम्पायर हलमा पोखरा ११ का खेलाडी, प्रशिक्षक र टिमलिडरलाई बिदाइ कार्यक्रममा उपाध्यक्ष गुरुङलाई कास्की फुटबल संघका अध्यक्ष उज्वल रंजितले मनोनयन–पत्र हस्तान्तरण गरेका हुन् । पोखरा–११ को टोली तमुधिं यूकेले २४ मे मा आयोजना गरेको २१औं गोर्खा कपमा सहभागि हुन यूके पुगेको थियो ।

मनोनयन पत्रमा भनिएको छ–‘श्री कमल गुरुङज्यूलाई यस संघको जस्तो गरिमामय पदमा मनोनयन गरेको व्यहोरा जानकारी गराउँदछौं, साथै यहाँको सदैव साथ सहयोग, सल्लाह र सुझावको अपेक्षा गर्दछौं ।’

कास्की फुटबल संघका अध्यक्ष उज्वल रन्जित, टिम कोअर्डिनेटर ईश्वर गुरुङसहित १३ खेलाडी गत जेठ ९ गते बेलायत पुगेको थियो । उक्त टोलीमा कास्की फुटबल संघका उपाध्यक्ष नरेन्द्र जङ्ग मुखिया गुरुङ, जमान सिंह दुरा, अभिषेक पिया, बिजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेकबहादुर गुरुङ र सचिन सहभागि थिए ।

कास्की फुटबल संघ केही वर्ष यता निकै खस्किएको अवस्थामा छ । यूवा खेलाडी उत्पादन लगायत जिल्लामा हुने फुटबल गतिविधिहरु समेत आयोजना हुन नसक्दा फुटबल प्रेमीहरुले समेत चिन्ता व्यक्त गर्न थालेका छन् । कास्की फुटबलले सञ्चालन गर्दै आएको ग्रसारुट फुटबलमा केही सक्रियता भए पनि महिला लगायत अन्य फुटबल विकासका गतिविधिहरु नहँदा कास्कीमा फुटबल खेलाडी उत्पादनमा समेत विगत भन्दा धेरै खस्किएको विश्लेषकहरुले भनाई छ ।

को हुन् कमल गुरुङ
कास्की फुटबल संघले यूकेमा पहिलो पटक गुरुङलाई व्रान्ड एम्वास्डरमा मनोनयन गरेको हो । उनी नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य समेत् हुन् । उनले विगतमा पोखरा स्पोर्टस अवार्डमा समेत सहयोग गर्दै आएका थिए । आफ्नो गाउँको विद्यालयको स्त्तरोन्नती लगायत अन्य सामाजिक अभियानमा व्यस्त गुरुङ फुटबल र ह्यान्डबलका पूर्व राष्ट्रिय खेलाडी समेत् हुन् ।

पोखरा बगरमा हुर्केका कमल गुरुङ सानो उमेर बाटनै खेलकुदमा बढी रुचि राख्ने उनी गण्डकी बोडिङ्ग स्कुलमा अध्ययन गर्ने क्रममा विभिन्न खेलकुदमा सहभागि हुँदै सफलता पाए । पढाईमा पनि उनी अब्बल तथा नेतृत्व गर्न सक्नेक्षमताका व्यक्तिका रुपमा परिचित थिए ।

विदेश भए पनि स्वदेशलाई माया गर्नुपर्छ भन्ने भावनाका साथ उनको नेतृत्वमा पोखरा बगर भाइ खलकलाई आर्थिक रकम संकलन र युकेबाट मेडल लाने पहिलो योजना उनको सोच अनुसार बनेको थियो । पोखरा म्याराथनलाई पोखरेली मन्चसँग जोड्न समेत् उनको मुख्य भूमिका रहेको छ । त्यस्तै सहारा युकेका लागि पनि आर्थिक र भौतिक रुपमा सहयोग गरिरहेका छन् ।

गत वर्षमात्रै उनलाई सहारा यूकेले सहारा अवार्डबाट सम्मान गरेको थियो । हाल उनी युके रेडिङ्ग बुद्धिस्टगुम्बाको महासचिव पनि छन् । बर्सेनि हुने तमुधिद्वारा आयोजित गोर्खा कपमा ९ वर्षदेखि उनी निरन्तर प्रायोजकको संयोजन गरिरहेका छन् । बेलायतको अल्डरसटमा चाइना ओरिन्टल सुपर मार्केट व्यवसाय सञ्चालनमा उनी व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close