नवौं राष्ट्रिय : बक्सिङमा विभागीय टोलीकै हावी

पोखरा स्पोर्टस । बक्सिङ प्रतियोगिताको दोस्रो दिनमा पनि विभागीय टोलीकै हावी देखिएको छ । पोखरा रंगशाला अन्तर्गत बक्सिङ हलमा सञ्चालन गरिएको प्रतियोगितामा महिला र पुरुषतर्फ विभागीय टोली नै अगाडि रहेको हो ।

पुरुषतर्फ पहिलो चरणमा भएको खेलमा आर्मीका सुशील थापाले ४.१ नम्बर ल्याएर कर्णालीका मोहन गुरुङलाई पराति गरे । ३.२ अंक प्राप्त गर्दै लुम्बिनीका सुरज ओलीले सुदूरपश्चिमका चिरन्जीवी खड्कालाई पराजित गरे । अंक सहित एपीएफका प्रदीप महर्जनले कर्णालीका जीवनकुमार पुनलाई पराजित गरेका छन् ।

सुदूरपश्चिमका रन्जन भट्टलाई हराउँदै बागमतीका लालप्रसाद उप्रेतीले ५ अंक ल्याए भने यता पुलिसका शम्भुराज बंशीलाई हराउँदै आर्मी क्लबका प्रेम चौधरीले ५ अंक प्राप्त गरे ।

बागमतीका सुरज महर्जनलाई हराउँदै एनआरएनका शिवु थापा विजयी भए । आर्मीका सुदीप श्रेष्ठले गण्डकीका बुद्ध ग्याम्जो लामालाई पराजित गरे भने प्रदेश १ का बलबहादुर पुनले गण्डकीका निश्चल गुरुङ र पुलिसका निकेश देशाहीलाई आर्मीका पुरन सुनुवार पराजित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close