
पोखरा स्पोर्टस । तनहुँमा जारी महिला बास्केटबल प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा बागमतीले गण्डकीलाई ६७–४३ अंकको अन्तरमा पराजित गरेको हो ।
प्रतियोगिता लिग चरणमा खेलाइएको प्रतियोगिताको पहिलो सेटमा बागमतीले २५–५ को फराकिलो अन्तर बनाएको थियो । यसै गरी बागमतीले दोस्रोमा १३–८, तेस्रोमा २०–१४ को अन्तर कायम ग¥यो भने चौथो सेटमा गण्डकीले १६–९ को अन्तर बनायो ।
खेलमा गण्डकीकी सीमा गर्वुजाले सर्वाधिक १६ अंक जोडेकी थिइन् ।
यसअघिको खेलमा बागमतीले प्रदेश–१ लाई ७५–२४ को अन्तरमा जित हासिल गरेको थियो
