पोखरा रंगशालामा खोखो खेल सुरु, आर्मीको ‘फ्लोअन’ जित

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले विजय सुरुआत गरेको छ । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले अंकले हराएको हो ।

४ इनिङ्समा खेलाइने खेलमा आर्मीले लगातार ३ इनिङमा जित निकालेपछि फलोअन जित सुनिश्चित गरेको हो । प्रत्येक इनिङ ९ मिनेट खेलिने भएपनि अन्तिम इनिङ नखेलेर आर्मी विजेता घोषित भएको रेफ्री यमबहादुर थापाले जानकारी दिए ।

रंगशालास्थित ह्यान्डबल एक्याडेमीमा सुरु भएको प्रतियोगितामा संघका पदाधिकारी, खेलाडी तथा प्राविधिकको उपस्थितिमा पूजापाठ गरिएको थियो । प्रतियोगिताको दोस्रो खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेश भिड्दैछन् ।

खोखोमा नेपाल आर्मी र नेपाल पुलिस क्बलसहित ९ टिम सहभागी छन् । राउन्ड रोबिनआधारमा खेलाइने प्रतियोगिताको फाइनल कात्तिक ३ गते हुनेछ ।

प्रतियोगिता सुरु हुनु अघि संघका पदाधिकारी, खेलाडी तथा प्राविधिकको उपस्थितिमा पूजापाठ गरिएको थियो ।

खोखो संघका प्रचार विभाग प्रमुख सुशीलमान व्यञ्जनकारका अनुुसार खोखो भारतदेखि सुरु भएकाले सोही शैली पछ्याउँदै खेल सुरु हुनुअघि पूजापाठ गर्ने प्रचलन छ । “यसको ओरिजिन नै भारतमा भएकाले हामीले पनि त्यही शैली पछ्याएका मात्रै हौं,” उनले भने, ‘अरु खेलमा यस्तो पूजा गरिँदैन ।”

उदघाटन खेलमा विभागीय टिम नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । खोखोमा नेपाल आर्मी र नेपाल पुलिस क्बलसहित ९ टिम सहभागी छन् । राउन्ड रोबिन आधारमा खेलाइने प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close