
पोखरा स्पोर्टस । पूर्व राष्ट्रिय एथलेटिक्स खेलाडी तथा नेपाल भुतपुर्व खेलाडी मञ्चकी आजिवन सदस्य ज्वाला थापा लाई मातृ शोक परेको छ ।
थापाकी आमा टिका थापाको ९४ वर्षको उमेरमा आज (बुधबार) बिहान साढे ३ बजे पोखरा नयाँबजार स्थित आफ्नै निवासमा निधन भएको हो ।
उहाँको श्रीमान, २ छोरा र ४ छोरी रहेका छन । उहाँको आज नै धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ ।
