रानाभाट एनओसीको स्पोर्टस फर अल कमिसनको सदस्यमा

पोखरा स्पोर्टस । अग्रज खेलाडी तथा भुतपूर्प खेलाडी मञ्च नेपालका संस्थापक अध्यक्ष खडग वहादुर रानाभाट नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत ‘स्पोर्टस फर अल कमिसन’को सदस्यमा मनोनय भएका छन ।

‘स्पोर्टस फर अल कमिसन–एनओसी नेपाल’का अध्यक्ष विष्णु गोपाल श्रेष्ठले रानाभाटलाई सदस्यमा मनोनयन गरेका हुन । एनओसीका पूर्व कार्य समिती सदस्य समेत रहि सकेका रानाभाटले आफूलाई प्राप्त जिम्मेवारीलाई नेपाली खेलकुदको विकासका लागि इमान्दारिता पूर्वक पुरा गर्ने बताए । उनले भने–“मलाई एनओसीले अवसर दिएको छ त्यसलाई इमान्दारितापूर्वक निर्वाह गर्ने छु ।”

राष्ट्रिय खेलकुद परिषदको पूर्व सदस्य तथा मुख्य प्रशिक्षकको समेत भूमिका निर्वाह गरिसकेका अग्रज खेलाडी रानाभाट खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close