
पोखरा स्पोर्टस । महिला हक्की अन्तरगत शनिबार भएको खेलमा आर्मी विजयी भएको छ । खेलमा आर्मीले ८–० को गोल अन्तरले वागमतीलाई हराएको हो ।
खेलको पहिलो क्वाटरमा आर्मीकी सुनिता नेगीले गोल गर्न सफल भएकी थिइन् । खेलको सुरुआतको १ मिनेटमै सुनिताले गोल गरेकी थिइन् । त्यस्तै खेलको १४ मिनेटमा आर्मीका सीतामाया बलले गोल गरेकी थिइन् ।
खेलको दोस्रो क्वाटरमा आर्मीले लगातार तीन गोल गर्न सफल भएको थियो । खेलको २७ मिनेटमा सरस्वती तामाङ, २८ मिनेटमा सीता कुमारी चौधरी र २९ मिनेटमा डम्बरा भट्टले गोल गरेका थिए ।
खेलको तेस्रो क्वाटरमा सुनिताले आर्मीको लागि एक गोल गर्न सफल भएकी थिइन् । ४० मिनेटमा सुनिताले गोल गर्दै आर्मीको लागि अंक बढाएकी छिन् । यस्तै अन्तिम क्वाटरमा आर्मीले दुई गोल गर्दै ८–० को गोल अन्तरले विजय भयो । ४८ मिनेटमा सरस्वती तामाङ र ५४ मिनेटमा कमला चन्दले एक–एक गोल गरेका थिए । अब दोस्रो खेल सुदुरपश्चिम र मधेस प्रदेशबीच हुँदै छ ।
