पौडी : नासिरद्वारा किर्तिमान सुधार सहित स्वर्ण पदक प्राप्त

पोखरा स्पोर्टस । नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नो नाममा रहेको किर्तिमानमा सुधार गरेका छन् ।

नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडी तर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् ।

दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिल कुमार थापा मगर रहे । उनले कास्य पदक प्राप्त गरे ।

डुवानाद्वारा पनि नयाँ किर्तिमान कायम
यस्तै पोखराको वीरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भईन् ।

उनले २०० मिटर ब्यक्तिगत मिड्ले तर्फ गौरिका सिंहले नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछाडी पार्दै २ मिनट ३१.४६ सेकेन्डको नयाँ समयको किर्तिमान कायम गरिन् । यो उनले हिट चरणमा कायम गरेको समय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close