राष्ट्रपति रनिङ शिल्ड : गण्डकीका नारायणी र सिमालाई स्वर्ण

पोखरा स्पोर्टस । काठमाण्डौमा शुक्रबारबाट सुरु भएको राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत एथलेटिक्सतर्फ दुई स्वर्ण हात पारेको छ ।

छात्रा १५०० मिटर दौडमा गण्डकीले पहिलो स्वर्ण हात पारेको हो । गण्डकीकी नारायणी भण्डारीले ५ मिनेट १५.४ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण पदक हात पारेकी हुन् । नारायणी कास्कीकी हुन् ।

भर्खरै सम्पन्न छात्रा हाइजम्पमा गण्डकीकी सिमा श्रेष्ठले स्वर्ण पदक प्राप्त गरिन् । लम्जुङकी सिमाले १.४५ सेमी जम्प गर्दै स्वर्ण जितेकी हुन् । हाइजम्प छात्रतर्फ मनिष जिसीले रजत पदक हात पारेका छन् । उनी कास्कीका हुन् । उनले १.६५ सेमी जम्प गर्दै रजत पदक हासिल गरेका हुन् ।

यसै गरी छात्र १५०० मिटर दौडमा बादल कार्कीले गण्डकीका लागि रजत पदक प्राप्त गरेका छन् । बादलले ४ मिनेट २४.४ सेकेण्डमा दौड पुरा गरी रजत पदक प्राप्त गरे । उनी बागलुङका हुन् ।

आजबाट सुरु भएको प्रतियोगितामा सहभागिता जनाउन गण्डकीको टोली बिहिबार मात्रै काठमाण्डौ पुगेको हो ।

राष्ट्रपति रनिङ शिल्ड : सुजल र आरुषीलाई स्वर्ण

लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा शुक्रबार स्वर्ण जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेश प्रदेशका आदेश यादवले रजत तथा कर्णाली प्रदेशका सुशिल वलीले कांस्य जिते । आरुषीले निर्धारित दूरी तय गर्न १३.७ सेकेन्ड समय लगाइन् । बागमतीका दिना गोपालीले रजत तथा स्वागता खाइजुले कांस्य हात पारे ।

छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट २२.८ सेकेन्डमा सकाउदै लुम्बिनीका विकास विकले शीर्ष स्थान हात पारे । गण्डकीका बादल कार्की दोश्रो तथा सुदूरपश्चिम प्रदेशका अमित आउजी तेश्रो भए । उक्त स्पर्धाको छात्रामा गण्डकीकी नारायणी भण्डारीले ५ मिनेट १५.४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो बनिन् । लुम्बिनीकी मोतीकला डाँगी दोश्रो तथा कोशी प्रदेशकी निला जिमी तेश्रो भए ।

छात्र हाइजम्पमा बागमतीका नवीन खत्री पहिलो भए । उनले १.६८ मिटर उचाईं नाघे । गण्डकीका मनीष जिसी तथा कोशीका सागर यादव संयुक्त रुपमा दोश्रो स्थानमा रहे ।

सो स्पर्धाको छात्रामा १.४५ मिटर उचाईं नाघेकी गण्डकीकी सिमा श्रेष्ठले स्वर्ण चुमिन् । लुम्बिनीकी प्रमिला चौधरीले रजत तथा सुदूरपश्चिमकी सुस्मिता चौधरीले कांस्य प्राप्त गरे । तीनदिने प्रतियोगितामा सात प्रदेशका १ सय ५४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close