महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकलालाई स्वर्ण

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशालामा भएको महिला सटपुट ईभेण्टमा नेपाल पुलिस क्लवकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् । सो ईभेण्टमा उनले १२.४० मिटरको दुरी पार गर्दै स्वर्ण जितेकी हुन् ।

त्यसैगरी लुम्बिनी प्रदेशकी संगीता अधिकारीले रजत पदक जितेकी छन् । उनले १० दशमलव ८३ मिटरको दुरी पार गर्दै रजत पदक जितेकी हुन् ।

नेपाल पुलिस क्लवकै बसन्ती चौधरीले ९ दशमलव ८६ मिटरको दुरी पार गर्दै काँस्य पदक जितेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close