महिला भलिबल : कर्णालीमाथी सेनाको जित

पोखरा स्पोर्टस । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशसँग भएको खेलमा जित निकालेको छ ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा शनिबार बिहान भएको खेलमा सेनाले कर्णालीलाई सोझो तीन सेटमा पराजित गरेको हो । मनिषा खाँडको कप्तानीमा मैदानमा उत्रिएको सेनाको टोलीले कर्णालीलाई पहिलो सेट २५–१२, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१२ अन्तरमा पराजित गरेको हो ।

शुक्रबार शसस्त्र प्रहरीसँग फराकिलो अन्तरका विच सोझो तीन सेटमा कर्णाली पराजित भएको थियो । नविना आचार्यको कप्तानिमा रहेको कर्णालीले शनिबारको सेनासँगको खेलमा प्रदर्शन सुधार गरेपनि जित निकाल्न भने सकेन् ।

लिग कम नक आउट वेष्ट अफ फाइभमा खेलाइएको प्रतियोगितामा सेना र कर्णाली एउटै समूह (ए)का हुन् । शनिबारको दोस्रो खेल दिउँसो २ बजे मधेश र प्रदेश १ बिच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए ।

राष्ट्यि खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुदैछ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close