
पोखरा स्पोर्टस । नवौ राष्ट्रिय खेलकुदमा अन्तर्गत तनहुँको व्यास नगरपालिका निर्मल मावीमा आज बाट सुरु भएको महिला बास्केटबल प्रतियोगितामा आर्मीले विजयी शुरूवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको हो ।
महिला बास्केटबल प्रतियोगिताको पहिलो सेटमा आर्मीले २२–० को फराकिलो अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो सेटमा समेत आर्मीले निरन्तर अग्रता कायम गरि सहज रूपमा जित हासिल गरेको हो । आर्मीले दोश्रो सेट २२–६ तेश्रो १४–४ र चौथो सेट १३–३ ले अग्रता कायम गरेको थियो । प्रतियोगितामा मधेस प्रदेशबाट पुष्प बानले ७ अंक जोडेकी छिन् भने आर्मीकी रोशनी श्रेष्ठले २१ अंक जोडिन् ।
महिला बास्केटबल अन्तर्गत बागमती प्रदेश र प्रदेश–१, त्रिभुवन आर्मी र सुदुरपश्चिम बिच खेल हुने आयोजकले जनाएको छ ।
साथै भोलि थ्रि बाइ थ्रि बास्केटबल प्रतियोगितामा बागमती प्रदेश र मधेस प्रदेश, आर्मी र लुम्बिनी प्रदेश, सुदुरपश्चिम र प्रदेश–१, एपिएफ र गण्डकी प्रदेश विच हुनेछ ।
