
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घरेलु गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा स्थान बनाएको छ ।
गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।
अब, गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको सेमिफाइनल विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल्नेछ । आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश स्वर्ण पदक विजेता समेत हो ।
