प्रदेश खेलकुद परिषदले गण्डकीका रेफ्रिहरु सूचिकृत गर्दै

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले एक सार्वजनिक सूचना जारी गर्दै प्रदेशका सबै खेलका रेफ्रिहरुलाई सूचिकृत हुन आह्वान गरेको छ ।

मुलुकको संघिय संरचना निर्माण पछि खेलकुदमा पहिलो पटक यसरी खेलकुदका रेफ्रिहरुलाई सूचिकृतका लागि आह्वान गरिएको हो । साउन १ गते जारी गरिएको सूचनामा परिषद र त्यस अन्तर्गत जिल्ला खेलकुद विकास समिति अन्तर्गत आयोजना हुने प्रतियोगिता सञ्चालन गर्न इच्छुक अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेशस्तरीय रेफ्रि/एम्पायर/प्राविधिकहरुलाई सूचिकृत हुन आह्वान गरिएको छ ।

सो बारे जानकारी दिंदै परिषदका सदस्य सचिव श्रीधर शर्माले प्रदेशमा आयोजना हुने कुनै पनि स्तरका प्रतियोगिताहरु मर्यादित, अनुशासित र व्यवस्थित बनाउन उनीहरुलाई सूचिकृत हुन आह्वान गरिएको बताए । उनले भने–“हामी सबै खेलका रेफ्रिहरु सूचिकृत गरी उनीहरुलाई आगामी दिनमा कस्तो प्रकारको प्रशिक्षण दिनुपर्ने हो त्यस बारे हामी अघि बढ्ने छौं । यसबाट कुन खेलका कति रेफ्रि/एम्पायर/प्राविधिकहरु छन् त्यसको समेत जानकारी प्राप्त गर्न सहज हुनेछ ।”

परिषदद्वारा जारी सूचनामा रेफ्रिहरु संग शैक्षिक अध्ययनको प्रमाणपत्रको प्रतिलिपि, सम्वन्धित खेल संघको सिफारिस, रेफ्रिहरुको शारिरिक अवस्था खुल्ने विवरण, आफूले लिएको तालिमको प्रमाणपत्रको प्रतिलिपी लगायतका विषयहरु उल्लेख गरिएका छन् । उनीहरुलाई ३५ दिन भित्र परिषद वा जिल्ला खेलकुद विकास समितिको कार्यालयमा निवेदन दिन भनिएको छ । 

यसका साथै परिषदले चाँडैनै सबै खेलका प्रशिक्षकहरुको पनि सूचिकृत बनाउने योजना रहेको सदस्य सचिब शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close