नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको बिजयी सुरुवात

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ –(एनआरएनए)ले बिजयी शुरुवात गरेको छ ।

पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि शुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।

एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे । विमलले खेलको आठौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । दोश्रो गोल भने एनआरएनएका सञ्जोगले दोश्रो हाफको दशौं मिनेटमा गरे ।

प्रतियोगिता अन्तर्गत आज वागमती र मधेश प्रदेशबीच हुँदैछ । प्रतियोगिता केहिबरेमा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close