भिमाद नगरपालिका पाखा लगाउदै सुर्य तारालाई भलिबलको उपाधि

पोखरा २ बैशाख । नेपाली नयाँ वर्षको अवसरमा आयोजित सुर्य तारा रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक सुर्य तारा क्लब (पोखरा) पोखरा २७ तालचोकले जितेको छ ।

प्रतियोगिता अन्र्तगत सोमबार पोखरा रगंशालामा भएको फाइनल खेलमा आयोजक सूर्य ताराले भिमाद नगरपालिकालाई ३–२ को सेटमा पाखा लगाउदै उपाधि रक्षा गरेको हो ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा सूर्य ताराले भिमादलाई २५–२७, २१–२५ २५–१५, २५–१२०, १५–१० ले पाखा लगाएको हो । विजेता सूर्य ताराले एक केजी तीन तोला चाँदीको रनिङ्ग शिल्ड सहित नगद १ लाख १ सय ११, मेडल र प्रणपत्र प्राप्त ग¥यो भने उपविजेता भिमादले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिता अन्नपूर्ण गाँउपालिका माच्छापुच्छ«े खेल मैदानमा सञ्चालन भएको थियो । प्रतियोगिताको फाइनल आइतबार सञ्चालन भैरहदाँ भिषर्ण वर्षा भएपछि स्थगित गरेर सोमबार पोखरा रगंशालाको भलिबल कोर्टमा फाइनल सञ्चालन गरिएको थियो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी सूर्य तारा क्लबका डिनबहादुर राना घोषित भए । उनले नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे भने अनुशासित टिमको पुरस्कार अन्नपूर्ण गाँउपालिकाको शिक्षक समुह बन्दै नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगिताका विजेता टिमका खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसद प्रभा कोइराला, भिमाद नगरपालिका प्रमुख मेखबहादुर थापा, नेकपा कास्कीका संयन्त्र सदस्य दामोदर बैरागी, सूर्य तारा क्लबका अध्यक्ष विष्णु पुन, प्रतियोगिता संयोजक शिव अधिकारी, क्लबका सल्लाहकार टिकाराम पंगेनी, क्लबका उपाध्यक्ष डिल्लिराम सुवेदी र सहसचिव रामचन्द्र तिमिल्सिना लगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

बैशाख १ गतेसम्म देखि सञ्चालन भएको प्रतियोगितामा अन्नपूर्ण शिक्षक समुह, रुपा गाँउपालिका, सशस्त्र प्रहरी, पोखरा १७, आयोजक सुर्य तारा क्लब(पोखरा), सुनगाभा युवा क्लब, सिल्दुजनसेवा क्लब, परिर्वतनशिल युवा क्लब, नौडाँडा युवा क्लब, भदौरे युवा क्लब, सेन्चुरी युवा क्लब, लालिगुराँस युवा क्लब, भिमाद नगरपालिकाको सहित १३ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close