पुरुष ह्याण्डबलमा विभागीय आर्मी र एपीएफको जित

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित दर्ता गरेको छ। आर्मीले आफ्नो तेस्रो खेलमा प्रदेश–१ माथि ५४–१० ले जित निकालेको हो। लगातार तेस्रो जित निकालेको आर्मीले ९ अंक जोडेको छ। आर्मीका लागि निर्मलबाबु श्रेष्ठले सर्वाधिक १३ गोल गरे ।

विभागीय एपीएफको पनि तेस्रो जित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबल खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले लगातार तेस्रो जित निकालेको छ। एपीएपले बुधबार प्रदेश–१ माथि ३५–५ ले जितेको हो। लगातार ३ खेल जितेको एपीएफले ९ अंक जोडेको छ। एपीएफका लागि नितेश धिमाल र सुरेश आलेमगरले सर्वाधिक समान ५÷५ गोल गरे।

महिलातर्फ बागमतीको जित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा बागमतीले जित निकालेको छ। जितसँगै बागमतीले महत्वपूर्ण ३ अंक बटुलेको छ। मधेशकी सुजाता सिंहले सर्वाधिक ४ गोल गरिन् ।

महिला ह्याण्डबलमा विभागीय आर्मीको तेस्रो जित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ। आर्मीले बुधबार प्रदेश–१ माथि ३४–९ को जित निकाल्यो। लगातार तेस्रो खेल जितेको आर्मीले महत्वपूर्ण ९ अंक बटुलेको छ। आर्मीका लागि सञ्चिता बस्नेतले सर्वाधिक ९ गोल गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close