नवौं राष्ट्रिय खेलकुद : पुरुष ह्याण्डबलतर्फ गण्डकीको लगातार तेस्रो जित

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबल खेलमा गण्डकीले तेस्रो जित निकालेको छ ।

प्रतियोगिताअन्तर्गत पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज (बुधबार) भएको खेलमा घरेलु गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।

लगातार ३ खेल जितेको गण्डकीले योसँगै ९ अंक बटुलेको छ। गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे ।

महिलातर्फ बागमतीको जित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा बागमतीले जित निकालेको छ । जितसँगै बागमतीले महत्वपूर्ण ३ अंक बटुलेको छ। म्धेशकी सुजाता सिंहले सर्वाधिक ४ गोल गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close