पुरुष ह्याण्डबलमा बागमती र महिला तर्फ कर्णालीको जित

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले जित दर्ता गरेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो । बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे। पहिलो खेलमा विभागीय आर्मीसँग ८–४३ ले हार व्यहोरेको बागमतीले यो जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ ।

लगातार दोस्रो खेल हारेको मधेश भने अंकविहीन छ । मधेशले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो ।

महिला ह्याण्डबलमा कर्णालीको जित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिल ह्याण्डबलमा कर्णालीले जित दर्ता गरेको छ ।

समूह ‘बी’ मा रहेको कर्णालीले आफ्नो दोस्रो खेलमा जित दर्ता गरेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा कर्णालीले मधेशमाथि ११–७ ले जित निकालेको हो । कर्णालीकी अञ्जली शाही र संगीता सिंहले सर्वाधिक समान ५/५ स्कोर गरे ।

जितसँगै कर्णालीले महत्वपूर्ण ३ अंक बटुलेको छ। मधेश प्रदेश भने लगातार दोस्रो खेलसम्म पराजित बनेको छ । मधेशले पहिलो खेलमा विभागीय नेपाल आर्मीसँग २–४६ ले हार व्यहोरेको थियो । कर्णालीले पहिलो खेलमा प्रदेश–१ संग ४–२६ ले हार व्यहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close