
पोखरा स्पोर्ट्स । म्यानचेस्टर सिटी, न्यूक्यासल युनाइटेड र चेल्सी यस बर्षको लिग कपको सेमिफाइनलमा पुगेका छन् ।
गएराती सम्पन्न क्वाटरफाइनलका खेलमा चेल्सीले कार्डिफ सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरेको थियो भने न्यूक्यासल युनाईटेडले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
अब क्वाटरफाइनल अन्तर्गत आर्सनल र क्रिस्टल प्यालेसबीचको खेलबाट सेमिफाइनल खेल्ने चौथो टिमको टुंगो लाग्ने छ ।
सेमिफाइनलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडको सामना गर्ने भएको छ भने चेल्सीले आर्सनल वा क्रिस्टल प्यालेसको सामना गर्ने भएको छ ।
