
पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष तर्फ भलिबल टोलीको घोषणा गरिएको छ । नेपाल भलिबल संघले ईमबहादुर मगरको कप्तानीमा टोलीको घोषणा गरिएको हो ।
संघका महासचिब जितेन्द्र बहादुर चन्दका अनुसार टोलीमा धनबहादुर भट्ट, राजेन्द्र विष्ट, हरिबहादुर अधिकारी, टेकराज अवस्थी, हरिहजुर थापा, दुर्गा खड्का, द्वारिका थापा, इश्वर थापा मगर, बिनोद बहादुर चन्द, बिशाल बिक, शरणसामरी क्षेत्री, कुलबहादुर थापा र रबिन चन्द रहेका छन ।
महासचिब चन्दका अनुसार एभीसी सेन्ट्रल जोनको टिममा रहेका खेलाडी दिपकराज जोशी, नरेन्द्र गिरी, राजु सेरचन र दुर्गा महतोले १३ औं सागमा स्थान बनाउन सकेनन् । उनका अनुसार नेपाली भलिबल टिममा लिब्रोमा ईश्वर थापा मगर र विनोद चन्द रहेका छन् भने सेटरमा कप्तान इम रानामगर र हरिहजुर थापाले टिममा स्थान बनाएका हुन । यस्तै मिडिलमा हरि अधिकारी, द्वारिका थापा र दुर्गा खड्काले खेल्ने छन् । यस्तै २ र ४ नम्बरबाट कुलबहादुर थापा, धनबहादुर भट्ट, राजेन्द्र विष्ट, टेकराज अवस्थी, शरणसामरी क्षेत्री, बिशाला बिक र रबिन चन्दले खेल्नेभएका छन् ।
साग तयारीका लागि नेपाली भलिबल टिम थप प्रशिक्षण गर्न भारत जाने तयारी गरिरहेको महासचिब चन्दले जानकारी दिएका छन ।
फायल तस्बिर
