
पोखरा स्पोर्टस । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत महिला क्रिकेटमा आयोजक गण्डकी प्रदेशले जितका लागि ७८ रनको लक्ष्य पाएको छ ।

पोखरा रगंशाला क्रिकेट खेल मैदानका जारी खेलमा मधेश प्रदेशले २० ओभरमा ८ विकेटको गुमाउँदौ ७७ रनको योगफल तयार पारेको हो । गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेशलाई ७७ रनमा रोक्न गण्डकी प्रदेशकी आकृति तिवारी एक्लैले ३ ओभरमा १२ रन खर्चिदै ३ विकेट लिइन् । यसै गरी कुसुम गोदारले दुई तथा सृष्टि जैसी र शिला क्षत्रीले समान १–१ विकेट लिए ।
उद्घाटन खेलमा मधेश प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिइन् । सरस्वती १५ र रोजी कडारी ९ रनमा नटआउट रहे । साना प्रविन र एलिशा यादवले समान १४ रन र सन्तोषी चौधरी र शान्ती चौधरीले समान ८ रन बनाए । गोमा आले १ रनमा रनआउट भइन् । कप्तान कविता गौतम, अनुराधा चौधरी, सबनम खातुनले कुनै रन जोड्न सकेनन् ।
यस अघि प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले संयूक्त रुपमा गरेका थिए ।
तस्बिरः बिबेक लोप्चन/योगेन्द्र श्रेष्ठ
