महिला क्रिकेटको तयारी पुरा, उद्घाटन खेलमा गण्डकी र मधेश प्रदेश भिड्दै

पोखरा स्पोर्टस /तस्विरः सुदर्शन रञ्जित । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको तयारी पुरा भएको छ ।

भोली (आइतबार))बाट सुरु हुने महिला क्रिकेटको उद्घाटन खेलमा गण्डकी र मधेश प्रदेश भिड्ने भएका छन् । प्रतियोगिताको उद्घाटन बिहान ९ः१५ बजे पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा हुनेछ । टि–२० फर्म्याट हुने प्रतियोगिताको दोश्रो खेल सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशबीच हुनेछ ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हुने महिला क्रिकेटको खेलमा कुल ९ टिमको सहभागिता रहेको छ । जसअनुसार समूह ‘ए’ मा एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । त्यसैगरी समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् ।

असोज २३ देखि कार्तिक १ गते सम्म सञ्चालन हुने महिला क्रिकेटको खेल तालिका अनुसार प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै भइसकेको छ । जसमा नेपाल पुलिसले स्वर्ण पदक हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close