
पोखरा १६, वैशाख । गण्डकी प्रदेश बाट आठौं राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल रुपक नेपालीलाई विदेशमा नेपालीहरुले आर्थिक सहयोग गरेका छन ।
नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रुपकले फुल कन्ट्याक करातेको खुल्लातर्फ स्वर्ण पदक जितेका हुन । निकै मेहनती खेलाडी रुपकको कमजोर आर्थिक अवस्था रहेको बारे पोखरा स्पोर्ट्सले समाचार समेत प्रकाशित गरेको थियो ।

पर्वत पाङराङ घरभई हाल पोखरा १५ रामबजार बस्ने फिल्मी अभिनेता किसान सुनारले समाचार प्रकाशन भएपछि कोरियामा रहेका आफ्ना भाई इशु सुनारलाई रुपकका लागि आर्थिक सहयोग जुटाउन आग्रह गरेका थिए ।
‘मैले एक खेलाडीको आर्थिक अवस्थामा मात्रै होइन उसको खेलप्रतीको भावना देखेर नै सहयोगका लागि पहल गरेको थिंए’ किसानले भने–‘कोरियामा रहेको समाज लागएत नेपाली दाजुभाईले सहयोग गुर्नभएको छ म आभार व्यक्त गर्न चाहन्छु ।’
कोरियामा कार्यरत रहेका इशु सुनार लगाएत उनका मनकारी २० जना साथीहरुले रुपकका लागि ४३ हजार २ सय रुपैयाँ संकलन गरेर पोखरामा एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । उक्त अवसरमा यज्ञ बहादुर नेपालीले समेत व्यक्तिगत रुपमा ५ हजार ५ सय रुपैया सहयोग गरेका छन ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले यस्तो सहयोगले खेलाडीलाई आत्मबल मिल्ने बताए । फुल कन्ट्याक करातेका प्रशिक्षक शिब गुरुङले यस प्रकारको सहयोगले सम्पूर्ण खेलाडीलाई हौसला प्राप्त हुने र खेलाडीले ढुक्क भएर खेल्न सक्ने बातवरण प्राप्त हुने बताए ।
स्मरिणय के छ भने आठौं राष्ट्रिय प्रतियोगिता बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षक शिव गुरुङ, कास्की जिल्ला खेलकुदका कोषाध्यक्ष एवम प्रशिक्षक दिपक गोदार, प्रशिक्षक नाराज बहादुर खडका (हरि), प्रशिक्षक शुवाष खडका लगाएतले खेलाडीलाई व्यक्तिगत रकम खर्चेर एक महिना सम्म डाइटको व्यवस्था समेत गरेका थिए । आठौंमा फुल कन्ट्याक्ट करातेमा गण्डकी प्रदेश टिम च्याम्पियन समेत हो ।
फुल कन्ट्याक्ट करातेका स्वर्ण पदक बिजेता रुपक मुआथाइका समेत उत्कृष्ट खेलाडी हुन । हाल उनी आफ्नो बहिनीका साथ पोखरा ९ शान्तीवन नजिक बस्दै आएका छन ।
रुपकका बारेमा पोखरा स्पोर्टसले प्रकाशित गरेको समाचार यस्तो थियो
http://pokharasports.com/rupak-news/
