नेपाल स्ट्रोङ्गगेस्ट क्यूकिशन कराते डो को जुनियर बेल्ट टेष्ट सम्पन्न

पोखरा,
पोखरामा स्ट्रोङ्गगेस्ट क्यूकिशन कराते डोको ५५ औं जुनियर तर्फको बेल्ट टेष्ट सम्पन्न भएको छ । पोखरा रंगशालामा आयोजित बेल्ट टेष्टमा चार वटा डोजो हरुका खेलाडीहरुको सहभागिता रहेको थियो ।

नेपाल स्ट्रोङ्गगेस्ट क्यूकिशन कराते डोका मुख्य प्रशिक्षक तथा ‘शिहान’ शिब बहादुर गुरुङले यस्तो वेल्ट टेष्ट वर्षमा दुई पटक गर्दै आइरहेको बताए । ‘हामी यो मार्शल आर्ट खेल मार्फत बाल–बालिकालाई सानै उमेरमा खेल तर्फ आर्कषित गर्न चाहन्छौ’ उनले भने–‘यो खेलले उनीहरुको जिवनमा नयाँ उत्साह जगाउँछ ।’

करिब तिन दशक देखि स्वयसेबी प्रशिक्षकका रुपमा पोखरामा मार्शल आर्ट उत्थानका लागि कार्यरत मुख्य प्रशिक्षक गुरुङले मार्शल आर्ट खेलले जिवन जिउने कला मात्रै नभई राष्ट्रका लागि अनुशासित नागरिक उत्पादन गर्न समेत प्रेरित गर्ने बताए ।

बेल्ट टेष्टमा पोखराका चार वटा डोजोका ५५ जना मार्शल आर्ट जुनियर खेलाडीहरुले वेल्ट टेष्ट दिएका छन । उनीहरुको नतिजा केही दिन पछि प्रकाशित गरिने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close