पोखरा रंगशाला निर्माण हुँदै ओलम्पिक टर्च, अरु के के निर्माण हुँदै ?

पोखरा स्पोर्टस/तस्विरः सुदर्शन रञ्जित । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पोखरा रंगशालामा दुई नयाँ कुरा निर्माण हुँदैछन् ।

खेल सुरु हुन १२ दिन बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्रतिकात्मक ओलम्पिक टर्च र क्रिकेटको साइड स्क्रिनसहित निर्माण गर्न लागेको हो । पोखरा रंगशालास्थित मुख्य फुटबल स्टेडियमलाई जोडेर ओलम्पिक टर्च निर्माण गर्न लागिएको हो । राखेपले असोज २८ गते हुने उद्घाटन कार्यक्रममा टर्च प्रज्वलित गर्न २२ लाख खर्च गर्दैछ ।

यसै गरी पोखरा रंगशालामा नयाँ निर्माण गरिएको मध्येको एक हो क्रिकेटको साइड स्क्रिन । उत्तर र दक्षिणतर्फको साइड स्क्रिन तथा पिच मर्मत सुधारका लागि राखेपले १० लाख खर्च गर्न लागेको हो । यस अघि १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा करिव १० लाख ५० हजार खर्च गरेर साइड स्क्रिन निर्माण गरिएको थियो ।

पोखरामा चार दशक पछि हुन लागेको नवैं राष्ट्रिय खेलकुदका लागि सवै उत्साहित संगै निराश पनि छन् । “राष्ट्रिय खेलकुद आयोजनाका लागि आयोजना मात्रै होइन कुनै न कुनै नयाँ पूर्वाद्धार बन्नु पर्थ्यो । त्यसमा गण्डकी प्रदेश चुकेको छ” भन्छन पोखरा १४ का धिरज कार्की–“नवौं हुनु शुखद कुरा हो । यसले आन्तरिक पर्यटनलाई सहयोग पुग्छ । तर स्विमिङ पुल, शुटिङ हल पोखरामा बन्नु पर्थ्यो त्यो पनि हुन सकेन । कुनै नयाँ पूर्वाद्धार निर्माण नगरी पोखरा रंगशालाको झाडी फाँडेर नवौं राष्ट्रिय गर्नु थियो भने एक वर्ष अघि नै गरे हुन्थ्यो । अव गण्डकी प्रदेशमा सरकार र राखेपको गति यहि रहे अर्को चार दशकमा पनि नयाँ खेलकुद पूर्वाद्धार निर्माणको गति ठप्प हुने छ । खेलकुदका लागि यो भन्दा ठूलो विडम्वना केही हुन सक्दैन ।”

पोखरा रंगशाला राखेपले नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै वक्सिङको खेलस्थल मर्मत सम्भार गर्ने भएको छ । पोखरा रंगशालास्थित सेमी कमर्डहलका लागि राखेपले करिव ३३ लाख खर्च गर्ने भएको छ । राखेपले नवौं राष्टिय खेलकुदमा सवै भन्दा ठूलो खर्च वक्सिङका लागि गर्दैछ । राखेपले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्राप्त ६० करोड बजेट मध्ये ३६ वटा खेलका पुर्वाद्धार निर्माणका लागि १ करोड विनियोजन गरेको थियो । राखेपले पूर्वाद्धार मर्मतका लागि भने अझै सम्म कुनै रकम दिएको भने छैन ।

यसै गरी कास्की भन्दा बाहेकका जिल्लाहुने खेलहरुको पूर्वाद्धार निर्माणमा राखेपले खेल व्यवस्थापन बाहेक निर्माणका लागि नै भनेर कुनै ठूलो रकम खर्चिएको भने छैन । स्थानिय सरकारको सहभागितामा वढि जोड दिएको राखेपले महिला फुटबलका लागि तोकिएको स्याङजा वालिङस्थित मालेबगर खेल मैदान निर्माणमा स्याङजाका पालिकाहरुले बजेट विनियोजन गरी निर्माण कार्यलाई तिव्रता दिएका छन् । “हामीले १ करोड खर्चेर मैदान निर्माण गर्दैछौं,” जिल्ला खेलकुदका अध्यक्ष मोहन गुरुङले भने–“अहिले दुवो रोप्ने काम गर्दैछौं । राखेपले हाम्रो कामको प्रशंसा गरेको छ । हामीलाई प्रशंसा भन्दा पनि रकमको खाँचो छ । १० लाख पाउने आश्वासन भने पाएका छौं ।”

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खेल पूर्वाद्धारकै कारण तनहुँमा कुनै खेल नहुने भए पछि अन्तिम समयमा आएर तनहुँका पालिकाहरुले दामासाहीले रकम उठाएर पूर्वाद्धार मर्मतमा खर्च गर्ने भए पछि महिला बास्केटबल आयोजना गर्न राखेपले स्विकृती दिएको छ । त्यसमा पनि व्यास नगरपालिकाले ७ लाख ५० खर्च गर्नेछ ।

यसै गरी पुरुष फुटबलका लागि तोकिएको पोखरा १९ स्थित गोष्तेघाट खेल मैदानका लागि १० लाख रुपैयाँ राखेपले खर्च गर्दैछ भने म्याग्दीमा हुने महिला भलिवल र तेक्वान्दोका लागि ३ लाख, बागलुङ र पर्वतका लागि ३÷३ खर्च गर्न लागिएको छ । नवलपुरमा हुने सेपाक्ताक्रो र कुस्तीको पूर्वाद्धारका लागि ६ लाख प्राप्त हुने आफूले जानकारी पाएको जिल्ला अध्यक्ष सेत पुनले बताए । “हामी आफै कस्सिएका छौं । ६ लाख पाउने आश्वासन पाएका छौं । २४ गते सम्म पूर्वाद्धार बनाई सक्छौं,” उनले भने । रग्वी खेल हुने पोखरा २९ लेखनाथ भण्डारढिक खेल मैदान निर्माणका लागि १० लाख खर्च भएको गण्डकी रग्वी संघका अध्यक्ष सुभास खड्काले जानकारी दिए ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत यहि असोज २३ गते बाट खेलसुरु हुँदैछ । महिला क्रिकेट असोज २३ र महिला तथा पुरुष ह्याण्डबल असोज २५ बाट सुरु गरिने राखेपले पछिल्लो खेल तालिकामा जनाएको छ ।

पोखरामा चार दशक पछि हुन लागेको नवैं राष्ट्रिय खेलकुदका लागि सवै उत्साहित संगै निराश पनि छन् । “राष्ट्रिय खेलकुद आयोजनाका लागि आयोजना मात्रै होइन कुनै न कुनै नयाँ पूर्वाद्धार बन्नु पर्थ्यो । त्यसमा गण्डकी प्रदेश चुकेको छ” भन्छन पोखरा १४ का धिरज कार्की–“नवौं हुनु शुखद कुरा हो । यसले आन्तरिक पर्यटनलाई सहयोग पुग्छ । तर स्विमिङ पुल, शुटिङ हल पोखरामा बन्नु पर्थ्यो त्यो पनि हुन सकेन । कुनै नयाँ पूर्वाद्धार निर्माण नगरी पोखरा रंगशालाको झाडी फाँडेर नवौं राष्ट्रिय गर्नु थियो भने एक वर्ष अघि नै गरे हुन्थ्यो । अव गण्डकी प्रदेशमा सरकार र राखेपको गति यहि रहे अर्को चार दशकमा पनि नयाँ खेलकुद पूर्वाद्धार निर्माणको गति ठप्प हुने छ । खेलकुदका लागि यो भन्दा ठूलो विडम्वना केही हुन सक्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close