कास्की तेक्वान्दोका पूर्व उपाध्यक्ष श्रेष्ठलाई मातृ शोक

पोखरा स्पोर्टस । कास्की जिल्ला तेक्वान्दो संघका पूर्व उपाध्यक्ष राजु श्रेष्ठलाई मातृ शोक परेको छ ।

श्रेष्ठको आमा शुभ कुमारी श्रेष्ठको ९५ वर्षको उमेरमा विहिबार निधन भएको हो । पोखरा ९ महेन्द्रपुल निवासी उहाँको आज नै तुलसीघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

विदेशमा रहेका श्रेष्ठ प्राविधिक कारणले आमाको अन्तिम संस्कारमा उपस्थित हुन नसके पछि नाती सचिन श्रेष्ठले दागवत्ति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close