माउन्ट एभरेष्ट तेक्वान्दो पोखरामा जारी, नेपाललाई थप दुई स्वर्ण

पोखरा स्पोर्टस । ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२  र्‍याकिङ जुनियर तेक्वान्दो क्योरोगीतर्फ नेपालले २ स्वर्ण पदक हात पार्न सफल भएको छ ।

पोखरामा जारी प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा नेपालले ६३ केजी मुनि र ६८ केजी मुनिको तौल समुहमा स्वर्ण पदक हात पार्न सफल भएको हो । ६३ केजी मुनि तौल समुहको खेलमा नेपालका रुपेश तामाङले स्वर्ण पदक प्राप्त गर्दा ६८ केजी मुनिको अर्को इभेन्टमा भने सुप्रिया गुरुङले स्वर्ण पदक दिलाएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले बताए ।

जुनियर तर्फको क्योरोगी तर्फको इभेण्टमा भारतले भने ८ स्वर्ण पदक ल्याउन सफल भएको छ । त्यसै गरी दक्षिण कोरीयाले भने ३ स्वर्ण र पाकिस्तानले एक स्वर्ण ल्याउन सफल भएको संघले जनाएको छ ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवन, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशसम्सेर राणा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेज बहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत रंगशालाको बहुउद्देश्यीय कभर्ड हल तथा ब्याटमिन्टनको हलमा खेलहरु भईरहेका छन् ।

उक्त प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्तान, श्रीलङका, अमेरीका, बंगलादेश लगायतका १३ देशका १ हजार ४ सय भन्दा बढी खेलाडीहरु सहभागि भएको संघ गण्डकीका सचिव रमेश पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close