
पोखरा स्पोर्टस । दश स्वर्ण पदक सहित नेपाल अग्र स्थानमा रहेको छ । पोखरामा जारी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ अन्र्तगत १० स्वर्ण पदक सहित नेपाल अग्रस्थानमा रहेको छ ।

पुम्से तर्फको इभेन्टमा २१ वटा विभिन्न समुहको प्रतिष्प्रर्धामा नेपालले १० वटा स्वर्ण पदक हात पार्दै अग्र स्थानमा रहेको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले बताए । विहिबार देखि पोखरामा सुरु भएको उक्त प्रतियोगिता अन्र्तगत व्याडमिन्टन कोर्टमा भएको भएको प्रतिष्प्रर्धामा नेपाल पछि छेमीकी मुलुक भारतले ७ स्वर्ण पदक हात पार्दै नेपाललाई पछ्याएको छ । १३ देशका सहभागि उक्त खेलमा मलेसियाले २ स्वर्ण, बंगलादेश र पाकिस्ताने भने एक एक स्वर्ण पदक हात पार्न सफल भएका छन् ।
नेपालको जितमा स्वर्ण पदक ल्याउने खेलाडीहरु मध्य १४ देखि १८ बर्ष उमेर समुह तर्फ आयुष गुरुङ, १८ देखि ३० बर्ष महिला तर्फको उमेर समुहमा सविना, सुस्मिता र प्रंशना रहेका छन्। त्यसै गरी १८ देखि ३० बर्ष पुरुष तर्फको खेलमा जित, प्रेम र अन्जनको समुहले स्वर्ण पदक हात पार्दा १४ देखि १८ बर्ष उमेर समुहमा अपर्णा अधिकारीले स्वर्ण पदक दिलाईन । त्यसै गरी ९ देखि १२ बर्ष उमेर समुहमा प्रतिक्षा राना, १४ देखि १८ बर्ष टिम पुरुष तर्फको खेलमा ओम भण्डारी, उपासक घिमिरे र आयुष सुवाल, ९ देखि १२ बर्ष उमेर समुहमा महिला तर्फको खेलमा जेसिका लामा, रासिया श्रेष्ठ र कुसुम तामाङले स्वर्ण पदक जितेका थिए । त्यस्तै १२ देखि १४ बर्ष उमेर समुहमा ट्रिजन चौधरी र सोही इभेण्टको महिला तर्फको टिम इभेण्टमा अन्जलिा मुक्तान, सयिना रिजाल र निकीता रावतले स्वर्ण पदक हात पार्न सफल भए ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ, सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेज बहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अन्तरगत रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा जि–२ र्याकिङ तथा ब्याटमिन्टनको हलमा पुम्सेका खेलहरु भईरहेका छन् ।
उक्त प्रतियोगितामा नेपाल सहित,भारत, पाकिस्तान, श्रीलङका, अमेरीका, बंगलादेश लगायतका १३ देशका १ हजार ३ सय भन्दा बढी खेलाडीहरु सहभागि भएका छन् ।
